डा. भट्टराईले 'केपी ओली देशको दुर्भाग्य हुन्' भनेपछि... - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

डा. भट्टराईले ‘केपी ओली देशको दुर्भाग्य हुन्’ भनेपछि…



काठमाडाैं- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु नै देशको दुर्भाग्य भएको बताएका छन् ।

डा. भट्टराईले केपी ओली नेतृत्वको सरकारले दुई वर्षमा आशातित काम गर्न नसकेको समेत बताएका छन्।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले ओली सरकारको दुई वर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण भएको बताए।

भट्टराईले सरकारका दुई वर्ष प्रधानमन्त्री ओलीको स्वाथ्यलाभको कामना गर्दै बितेको बताए।

भट्टराईले नेकपालाई जनताले बहुमत दिएपनि सामाजिक, राजनीतिक र विकास लगायतका क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको टिप्पणी पनि गरे। उनले नेकपा र कांग्रेसले जनपक्षीय काम गर्न नसक्ने पनि दाबी गरे।

भ्रष्टाचार नियन्त्रण र सुशासनका काममा सरकार चुक्नुका साथै सरकार आफैँ भ्रष्टाचार, नातावाद, कृपावाद र आपसी झै-झगडामै फसिरहेको पनि बताए।

सरकारको भविष्य सकिएको बताएका उनले आउँदो निर्वाचनमा पहिलो दल बन्ने गरी तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए।