अनिश्चितकालका लागि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

अनिश्चितकालका लागि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन



धनगढी– धनगढी उपमहानगरपालिकाले फागुन २५ गते देखि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।

शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ, ‘ उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६ फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’

सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

भारतमा कोरानाको संक्रमण बढेको र धनगढी उपमहानगरपालिका भारतसँग सिमा जोडिएकाले संक्रमण बढ्न सक्ने खतरा अत्याधिक रहेकाले उच्च सर्तकता अपनाउने पर्ने देखिएको महानगरको भनाई छ ।