'प्रधानमन्त्रीज्यु मिर्गौला त फेर्नुभयो, आसेपासे कहिले फेर्नुहुन्छ?' - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

‘प्रधानमन्त्रीज्यु मिर्गौला त फेर्नुभयो, आसेपासे कहिले फेर्नुहुन्छ?’



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदले भ्रष्टाचारविरुद्ध सवाल उठाएका छन्।

शुन्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी र डिला संग्रौलाले प्रधानमन्त्रीको आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए।

प्रतिनिधिसभामा सांसद तेजुलाल चौधरीले भने, काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपर्ने हुन्छ भने देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई किन नफेर्ने? ।

उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन ?’

उनले सेक्युरिटी प्रेस अडियो कान्डमा मुछिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्रीतिर संकेत गर्दै उक्त भनाइ राखेका हुन्।

देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।

यसैगरी डिला संग्रौला पन्तले पनि देशमा कोरोना जस्तै भ्रष्टाचारले सताएको बताइन्। उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’

उनले प्रधानमन्त्रीले रोगसँग आफ्नै दृढ विश्वासले जितेको बताइन्। तर, भ्रष्टाचारसँग जित्ने नसकेको उनका भनाइ थियो। उनले भनिन्, ‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन।