अस्पतालको बेडबाट प्रधानमन्त्रीको सन्देश: 'म छिट्टै काममा फर्कँदै छु' - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

अस्पतालको बेडबाट प्रधानमन्त्रीको सन्देश: ‘म छिट्टै काममा फर्कँदै छु’



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताएका छन् ।

बुधबार दोश्रो पटक मृहौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको भेटमा आफू छिट्टै काममा फर्कने संदेश समेत दिएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको र छिट्टै काममा फर्कने बताएको रिमालले ट्वीट मार्फत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको सन्देश सबैलाई भनिदिन आग्रह गरेको पनि रिमालले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै रिमालले ट्विटरमा यस्तो लेखेका छन्

‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। ‘साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु’।