प्रधानमन्त्रीलाई आइसीयूमा सारियो: अस्पतालमा मन्त्रीहरूको लाईन
काठमाडौँ– मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट आइसीयू कम्पेक्समा सारिएको छ ।
ओलीलाई केहीबेरअघि अपरेशन थिएटरसँगैकौ आइसीयू कम्पेक्समा सारिएको हो ।
यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे आधिकारिक जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलनको आयोजना हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएलगत्तै उनको स्वास्थ्यवस्थाबारे जानकारी लिन मन्त्री, सांसद लगायत विशिष्ट व्यक्तिहरु अस्पताल पुगेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर रायर उद्योग राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।
अस्पतालले प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई दिएको छैन । अस्पताल बाहिर प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ठूलो संख्यामा शुभेच्छुकहरु समेत भेला भएका छन् । अस्पतालमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि पुगेकी छन् ।