एमसीसी पास गर्न किन मरिहत्ते गर्दैछन देउवा ? - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

एमसीसी पास गर्न किन मरिहत्ते गर्दैछन देउवा ?



धनगढी- एमसीसीको पक्ष र विपक्षमा बहस भैरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा भने लामो समयदेखि एमसीसीको पक्षमा ओकालत गर्दै आइरहेका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पनि उनले अमेरिकी सहयोग एमसीसी जसरी पनि पारित गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएको बताए। उनले एमसीसी नेपालको हित हुने बताउँदै देउवाले भने, ‘यसमा विरोध गरिनु हुँदैन।’

एमसीसी देशको हितमा नभएको भन्दै श्रीलंका सरकारले फिर्ता गर्ने निर्णय नै गरिसक्यो । नेपालमा पनि यसको चर्को बहस भैरहेको छ । नेकपाले यसलाई अध्ययन गर्न कार्यसल नै बनायो ।

कार्यदलले एमसीसीका केहि बुँदा परिमार्जन नगरिए देशको लागि गम्भीर घातक हुने सुझाव दिइसकेको छ । यस्तो अवस्थामा पनि देउवा र कांग्रेसका केहि नेताहरूले पास गर्नैपर्ने अडान कायम गरिरहेका छन् ।

पत्रकार संगको कुराकानीमा देउवाले फरक प्रसङ्गमा कुरा गर्दै अहिले भ्रष्टाचार मौलाएको समेत बताए। अहिलेको सरकारले भ्रष्टाचार र कमिसनमा मात्रै ध्यान दिएको उनको आरोप थियो।

सभापति देउवाले कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आग्रह गरे। यो रोग अत्यन्तै खतरनाक र डरलाग्दो भएकाले सबैले सतर्कता अपनाउनु पर्ने उनको भनाइ थियो।

‘यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ,’ देउवाले भने।