देउवामाथि पौडेल पक्षको काउन्टर - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवामाथि पौडेल पक्षको काउन्टर



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुत देउवाले एकालौटी गरेको भन्दै पौडेल पक्षले एक्सन लिने देखिएको छ ।

उनीहरूले छुट्टै बैठक गरेर देउवाका कार्यक्रम बहिस्कार गर्नेसम्मको रणनीति बनाएपछि देउवामाथि काउन्टर हुने संकेत देखिएको छ ।

पार्टीको १४औं महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभिन्न विभाग बनाएर आफूखुसी नियुक्ति गरेको भन्दै वरिष्ठ नेता पौडेल पक्षले आपत्ति जनाएको छ ।

बुधवार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षका केन्द्रीय सदस्य तथा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले विभागमा पदाधिकारी नियुक्त गरेर देउवाले महाधिवेशन प्रभावित गर्न खोजेको निष्कर्ष निकालेको हो ।

‘१४औं महाधिवेशनको तिथि तोकिइसकेको अवस्थामा निर्वाचन आचारसंहिता लागू भइसकेकाले महाधिवेशनलाई प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने काम गर्नुहुँदैन भन्ने भेलाको निष्कर्ष रह्यो,’ भेलापछि नेता सिंहले भने, ‘तोकिएको समयमै स्वस्थ प्रतिस्पर्धामार्फत महाधिवेशन सम्पन्न गर्नुपर्ने र महाधिवेशन प्रभावित गर्ने खालको कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत भएको छ ।’

भेलाले क्रियाशील सदस्य वितरणलाई तीब्र बनाउन माग गरेको छ ।

भेलामा महामन्त्री डा. शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल लगायत पनि सहभागी थिए ।

कांग्रेसको महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।