प्रधानमन्त्रीको उपचार भैरहँदा नेविसंघ र तरुण दलको लाजमर्दो हर्कत - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रधानमन्त्रीको उपचार भैरहँदा नेविसंघ र तरुण दलको लाजमर्दो हर्कत



हेटौँडा- नेपाली काङ्ग्रेसका भातृसङ्गठनहरू एकपटक फेरी आलोचनाका सिकार भएका छन् । सामाजिक सञ्जालमा सामान्य मानवीय समवेदना पनि नभएको भन्दै उनीहरूको चर्को बिरोध पनि भैरहेको छ ।

मंगलवार साँझ मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा प्रधानमन्त्रीओलीको मृत्युको कामना गर्दै नाराबाजी गरे ।

दोश्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना भएका छन्। जनस्तरबाट प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना र सफल प्रत्यारोपणको कामना भैरहेको छ । त्यतिमात्र होइन विभिन्न मठमन्दिरहरूमा पूहा अर्चना भैरहको छ ।

काठमाडौंकै कतिपय स्थानमा उनको स्वास्थलाभको कामना गर्दै दीप प्रज्वलन भैरहेको बेला हेटौडामा कांग्रेस भातृ संगठनहरूले गरेको मृत्युको कामना गर्नु सामान्य मानवीयता समेत नभएको भन्दै सर्वत्र निन्दा भैरहेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई भातृ संगठनले मानवीय संवेदनाको पनि ख्याल नगरी अमर्यादित शैलीले उनीहरूको चरित्र समेत उदाङ्ग भएको छ । पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा उनीहरूले प्रयोग गरेको भाषा झनै लाजमर्दो छ ।

उनीहरूले …ले के भन्छ, केपी ओली ले भन्छ’, सहितका अमर्यादित नारासहित बजार परिक्रमा गरेका थिए। प्रधानमन्त्री ओली जीवन-मरण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्यादाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रिय घटनाको कामनासहित हेटौँडाको संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए।

पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा निकालिएको जुलुशका सहभागीले अधिकांश समय प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै गाली गरेका थिए। उनीहरूले ….के भन्छ, केपी ओली ले भन्छ’, जस्तो अमर्यादित नारा पटकपटक लगाउँदा सुन्नेहरूले समेत लाज मानेका थिए ।