प्रधानमन्त्रीलाई थिएटरमा लगियो: शुभेच्छुकले भरियो अस्पताल - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रधानमन्त्रीलाई थिएटरमा लगियो: शुभेच्छुकले भरियो अस्पताल



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ।

सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीका सम्पूर्ण परीक्षण सकिइसकेका छन्।

शल्यक्रियाका लागि प्रधानमन्त्रीलाई भर्खरै अपरेसन थिएटरमा लगिएको जनाइएको छ ।

अपरेशनका लागि कम्तिमा ५ घण्टा लाग्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाहिर थुप्रै शुभेक्छुकहरू भेला भएका छन्।