मुम्बईमा एक नेपालीको झुण्डिएर मृत्यु
हरि महर ,माघ २६ /मुम्बई
जय सिंह बिकको बुधबार राती १२ बजे आफ्नै कोठामा झुन्डिएर मृत्यु भएको छ । अछाम दर्ना ४ का बिक मुम्बईको कुर्ला कमानी काजु पाडा गारमेन्ट कम्पनीमा काम गरिरहेका थिए ।
उनकी श्रीमती सरु बिकका अनुसार घरमा सधै झगडा हुने गरेको जानकारी दिइन। बुवा गगन सिंह बिक र छिमेकीले हत्याकोआसंका गरेका छन। जय सिंह बिकका दुई सन्तान छन् १४ बर्षका छोरा र १० बर्ष कि छोरी उनीहरु स- परिवार साथमा मुम्बईमै बस्दै आएका थिए ।
आज बिहान पोस्ट मार्टम भैसकेको छ भने आजै दाहसंस्कार हुने ललित ताम्राकारले जनाकारी दिएका छन् ।