अब गाउँपालिकाबाटै लालपुर्जा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अब गाउँपालिकाबाटै लालपुर्जा



काठमाडौं- जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि मकवानपुरको बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा दिन थालेको छ।

गाउँपालिका आफैँले अमिन र सर्वेक्षक नियुक्त गरी स्थानीयले उपभोग गरेको जग्गा नापी गरेर लालपुर्जा दिन सुरु गरेको खबर आजको कारोबार दैनिकमा हेटौँडाबाट केशव समर्पणले लेखेका छन्।

९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्षको फागुनदेखि जग्गा नाप्न सुरु गरिएको हो।

अलिहेसम्म ४ नम्बर वडाको करिब ५ सय परिवारको जग्गा नामजाँच गरी कित्ता छुट्याइएको वडाध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

जग्गा नापिएका मोहीलाई अस्थायी लालपुर्जासमेत बितरण भैसकेको छ।