'प्रचण्ड' अस्पतालमा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

‘प्रचण्ड’ अस्पतालमा



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन अस्पताल पुगेका हुन् ।

मंगलबार साँझ अस्पताल पुगेका प्रचण्डले चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार शिक्षण अस्पताल भर्ना भएका थिए। उनको बुधबार मिर्गौला प्रतयारोपण हुँदैछ।

यसअघि आज अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए।