टेकु अस्पतालमा आशंका गरिएका चार बिरामीमा कोरोना संक्रमण देखिएन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

टेकु अस्पतालमा आशंका गरिएका चार बिरामीमा कोरोना संक्रमण देखिएन



काठमाडौं – कोरोना (कोभिड–१९) भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।


टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको र रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।