कोरोना त्रास: भटाभट नेपाल फर्कन थाले विदेशमा भएका नेपाली - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कोरोना त्रास: भटाभट नेपाल फर्कन थाले विदेशमा भएका नेपाली



काठमाडौं- श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन्।

कोरिया, जापान, कतार र यूएईलगायत श्रम गन्तव्यबाट नेपालीहरु स्वदेश फर्किन थालेका खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

विगत २४ घन्टामा कोरियामा ५९५ कोरोनाका नयाँ बिरामी पत्ता लागेसँगै थेगु सउज र ईन्छन क्षेत्रमा कार्यरत नेपाली स्वदेश फर्कन थालेका हुन्।

नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौलाले संक्रमण दर बढ्दै गएपछि स्वदेश फर्कन हवाई टिकटको जानकारी लिने नेपालीको संख्या धेरै रहेको बताए।

फेब्रुअरीमा मात्र कोरियाबाट १ हजार ७०२ नेपाली स्वदेश फर्केको तथ्यांक छ।