सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार



काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ।

प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको गरिएपनि उनलाई जुत्ताले लागेको भने छैन ।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन द्वारा आयोजित स्मृतिसभामा सहभागी हुन राष्ट्रिय सभागृह पुगेका दाहालमाथि जुत्ता प्रहार भएको हो।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जुत्ता प्रहार गर्ने नेकपाकै कार्यकर्ता भएको जनाइएको छ । उनको नाम रतन चिरुवा भएको बताइएको छ ।