किन डाकियो मन्त्रिपरिषदको आकस्मिक बैठक ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

किन डाकियो मन्त्रिपरिषदको आकस्मिक बैठक ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको बताइएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको बताइएको छ ।

बैठकमा कोरोना भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे निर्णय गर्न सक्नेछ।

मन्त्रिपरिषद्ले गर्न सक्ने अर्को निर्णय राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने हो।

नेकपाको सचिवालय बैठकले यसअघि नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। उनी केही दिन अस्पतालमै बस्ने भएकाले अरू दैनिक प्रशासनिक निर्णय पनि आजको मन्त्रिपरिषद्ले गर्न सक्छ।