सरकारले धेरै काम गरेकाले बिरोधीहरु चिन्तामा छन्: शंकर पोखरेल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सरकारले धेरै काम गरेकाले बिरोधीहरु चिन्तामा छन्: शंकर पोखरेल



राँझा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी मात्र हुने गरेको बताएका छन्।

नेपालले विकसित मुलुकहरू बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले संचालन गरेका काम जनताले अनुभूति गर्न थालेको मुख्यमन्त्री पोखरेलको दाबी छ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई १७ फागुनमा जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्रीले भने, “भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिइरहेका छन्”

“पछिल्लो समय विकास नभएको चिन्ता गर्नेभन्दा बढी विकास गतिविधि बढेको कारण चिन्तित हुनेको संख्या बढेको छ”, उनको भनाइ छ।

बाँकेको बैजनाथ गाउँपालिका-६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो।

उनीहरूले २२ वर्षपछि जग्गाको स्वामित्व पाएका छन्।