कोरोना सङ्क्रमण रोक्न बालुवाटारमा बैठक: हवाई उडान रोक्ने सम्मको निर्णय - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कोरोना सङ्क्रमण रोक्न बालुवाटारमा बैठक: हवाई उडान रोक्ने सम्मको निर्णय



काठमाडौं- विश्वव्यापी खतरा बनेको कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले पूर्व तयारीका साथै उच्च सतर्कता अपनाउने भएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गरेपश्चात सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

चीनबाट शुरु भएको कोरोनाको संक्रमण विश्वका ५० भन्दा धेरै देशमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तरयारीका लागि बैठक बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका हुन्।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री छन् ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने छन्।

बैठकमा संक्रमण फैलन सक्ने देशबाट हवाई उडान रोक्ने सम्मको छलफल भएको बताइएको छ ।