सरकारले लेखक, कलाकार र पत्रकारलाई जीवनवृत्ति दिने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सरकारले लेखक, कलाकार र पत्रकारलाई जीवनवृत्ति दिने



काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई सरकारले जीवनवृत्ति दिने व्यवस्था समेत गरिरहेको बताए।

खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको समेत बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले फिल्म सुटिङ स्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताए।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका खतिवडाले यो क्षेत्रका प्रतिभाहरुलाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा नरहेको समेत मन्त्री खतिवडाको भनाइ छ।

लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उनले बताए।

मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले बताए।