झलनाथले भने: पार्टीको निर्णय बाहिर जाने अधिकार कसैलाई छैन - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

झलनाथले भने: पार्टीको निर्णय बाहिर जाने अधिकार कसैलाई छैन



नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।

सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’

उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताए । उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए ।

‘पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, उनले भने । नेता खनालले एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने दोहो¥याए । एमसिसी सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने उनले बताए ।