बादल पनि प्रचण्डकै लाइनमा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

बादल पनि प्रचण्डकै लाइनमा



पोखरा- गृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य रामबहादुर थापाले वामदेव गौतम जसरी पनि रास्ट्रीय सभामा जाने बताएका छन् ।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षासम्बन्धी गोष्ठीमा बोल्दै उनले नेकपामा बढेको विवादका कारण मध्यावधि निर्वाचन हुने हल्ला निराधार रहेको पनि बताएका छन् ।

नेकपाको आन्तरिक विवादका कारण संसद विघटन भएर मध्यावधि निर्वाचन हुने हल्ला अनुमानमात्र भएको बताएका हुन् ।

उनले नेकपा सचिवालय बैठकको निर्णयअनुसार नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने प्रक्रिया अघि बढ्ने जिकिरसमेत गरे ।

गृहमन्त्री थापाले सीमा विवाद समाधानमा भारतीय पक्ष पनि सकारात्मक देखिएको भन्दै छिट्टै कालापानीलगायतका क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताए ।

गोष्ठीमा गण्डकी प्रदेशको समग्र सुरक्षा अवस्था, सुरक्षा चुनौती, भावी योजना एवं रणनीति तयार गर्ने उद्देश्य रहेको छ ।