प्रचण्डले भने: ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता गरिन्न
सिन्धुपाल्चोक- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता परिमार्जन नभए पारित नहुने बताएका छन्।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।
शुक्रबार सुकुटे पुगेका प्रचण्डले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए ।
नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए ।
परिमार्जन स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।