के प्रधानमन्त्री ओली बास्कोटाका प्रवक्ता हुन् ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

के प्रधानमन्त्री ओली बास्कोटाका प्रवक्ता हुन् ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोड घुष काण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री बास्कोटाको पक्षमा वकालत गरेको भन्दै आलोचना भएको छ ।

त्यतिमात्रै होइन कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओली बास्कोटाको प्रवक्ता भएको समेत टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई ७० करोड घुस काण्डमा अहिले नै फैसला नसुनाउन कांग्रेसले पनि चेतावनी दिएको छ।

बिहीबार प्रधानमन्त्री ओलीले बाँस्कोटा निर्दोष रहेको बताएका थिए। ओलीले बाँस्कोटाको प्रतिरक्षा गरेपछि कांग्रेसले बचाउन नगर्न चेतावनी दिएको हो।

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै प्रहरी, वकिल र न्यायाधीशको काम पनि आफैँले नगर्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ।’

उनले अडियो परीक्षण नगरी नबोल्न आग्रह गरेका छन्। शर्माले प्रश्न गरेका छन्, ‘अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै?’