खुमलटारमा गोप्य बैठक: शिर्ष नेताहरू बिहानै पुगे - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

खुमलटारमा गोप्य बैठक: शिर्ष नेताहरू बिहानै पुगे



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपामा केहिदिन देखि तनावको स्थिति चलिरहेको छ । खासगरी राष्ट्रिय सभालाई लिएर सुरु भएको तनावले अर्कै रुप लिने देखिएको छ ।

यसै शिलशिलामा शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा शिर्ष नेताहरूको बैठक चलिरहेको स्रोतले जनाएको छ।

राष्ट्रिय सभा र अध्यक्ष केपी ओलीका सम्भावित कदमबारे छलफल गर्न नेताहरू जुटेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओली बाहेक सबैजसो शिर्ष नेताहरू पुगेको स्रोतले बताएको छ । शीर्ष नेताहरू शुल्क्रबार बिहानै खुमलतर पुगेको पनि स्रोतले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतका नेताबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल चलिरहेको स्रोतले जनाएको छ।

लामै समय चल्ने अनुमान गरिएको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा केन्द्रीत रहेको स्रोतको भनाई छ।

प्रचण्ड निवासमा लगभग सबै जसो शिर्ष नेतालाई बोलाइएको तर केहि नेताहरू आउन बाँकी भएको बताइएको छ ।

छलफलमा ऊर्जामन्त्री वर्षमान पुन पनि सहभागी रहेका स्रोतले जनाएको छ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे ओलीले बोली फेरेपछि पेचिलो बनेको अवस्था छ। ओलीले आफ्नो अडान नछाड्ने भएपछी अब के गर्ने भन्नेबारे छलफल केन्द्रित हुने आंकलन छ ।