कसैले अत्याएर आत्तिन्नँ, मिर्गाैला फर्दैछु, झन् बलियो बन्दैछु: प्रम ओली - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कसैले अत्याएर आत्तिन्नँ, मिर्गाैला फर्दैछु, झन् बलियो बन्दैछु: प्रम ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही दिनभित्रै मिर्गाैला फेर्न लागेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीले आज काठमाडौंमा गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो स्वास्थ्य १०/१५ वर्षसम्म केही नहुने समेत बताए।

“स्वास्थ्य खराब भएर पनि दैनिक १८ घण्टा काम गरिरहेकै छु”, उनले भने, “अब केही दिनभित्र मिर्गाैला फेर्दैछु, पाँच दिन अस्पताल बस्छु र आत्मबलसहित काममा फर्कन्छु।”

प्रधानमन्त्री ओलीले आफू चुनौती र अप्ठ्याराहरूसँग नआत्तिने उल्लेख गरे।

“देश बनाउन हिँडेको यत्रो वर्ष भैसक्यो, जीवन नै देश विकास गर्ने भनेर यसमा होमिएको म कसैले अत्याएर आत्तिन्नँ”, उनले भने।

प्रधानमन्त्री ओलीले ठूलो त्याग र तपस्याबाट पार्टी निर्माण गरेको स्मरण गर्दै एकतावद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे।