ओलीलाई झलनाथको सुझाव: कि पार्टी र सरकार छाड्ने, कि टाउकाले टेकेर निर्णय मान्ने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ओलीलाई झलनाथको सुझाव: कि पार्टी र सरकार छाड्ने, कि टाउकाले टेकेर निर्णय मान्ने



नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप :

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ब्याक भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ?

बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु -पार्टी निर्णय नेकपाका सबै नेता-कार्यकर्ताले पालना गर्नुपर्छ। पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमती राख्नुभएको थियो कि थिएन?

अहँ, राख्नुभएको थिएन। उहाँले पनि समर्थन गर्नुभएको हो। सर्वसम्मत निर्णय भएको हो।

गौतमको नाम कसले प्रस्ताव गरेको हो त?

हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ।

प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ?

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन। कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको निर्णय नमान्ने हुन्छ त?