अभागी वामदेव: यसपटक पनि सपना तुहिने सङ्केत, ओलीलाई नेपालको साथ् - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अभागी वामदेव: यसपटक पनि सपना तुहिने सङ्केत, ओलीलाई नेपालको साथ्



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता माधव कुमार नेपाल सुटुक्क बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर आफूलाई एक्ल्याएर बामदेवको पक्षमा निर्णय गर्न बाध्य पारिएको बताएपछि उनि बालुवाटार पुगेको स्रोतले बताएको छ ।

नेकपाको सचिवालय बैठकले बुधबार वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भनेर गरेको निर्णय गरेको थियो । यहि निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आफूमाथि घेराबन्दी भएको बताएका थिए ।

बैठकमा सर्वसम्मत भएको उक्त निर्णयमा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाललाई बोलाएर छलफल गर्न थालेपछि बामदेवको यो अवसर पनि गुम्ने देखिएको छ।

टेलिफोन गरेरै नेपाललाई आफू सिफारिस गर्न तयार नरहेको बताएपछि सचिवालयले गरेको निर्णय कार्यन्वयनमा आशंका पैदा भएको बताइएको छ ।

प्रधानमन्त्री ‌ओलीले नेता नेपालसँग आफूले बामदेवलाई राष्ट्रिय सभामा लैजान नचाहेको पनि बताएको स्रोतले जनाएको छ ।

त्यसपछि नेता नेपाल प्रधानमन्त्री ‌ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

यो भेटले नेकपाभित्र नै नयाँ संसय देखिएको छ । उता जसरी पनि सांसद बन्ने हठमा रहेका बामदेवको यो पटकको प्रयास पनि खेर जाने देखिएको छ ।

यसअघि पनि पटक पटक गौतमलाई सांसद बनाउने प्रयास अन्तिम समयमा तुहिएका थिए ।