कतारमा बस्ने पुर्व खेलाडीहरु द्वारा नुवाकोट तेक्वान्दो संघलाई सहयोग - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

कतारमा बस्ने पुर्व खेलाडीहरु द्वारा नुवाकोट तेक्वान्दो संघलाई सहयोग



 हिमाल पोस्ट /नुवाकोट ,२५ माघ

रोजगारी लगायत अन्य सिलसिलामा कतार बस्दै आएका नेपाली पुर्ब तेक्वान्दो खेलाडीहरुले नुवाकोट तेक्वान्दो संघलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ।ओलम्पियन खेलाडी संगिना वैद्यको विशेष पहलमा संकलन गरिएको उक्त सामाग्री उहाँको उपस्तिथिमा तेक्वान्दो पुर्व खेलाडी उत्तम भन्डारी र अर्का पुर्व खेलाडी अर्जुन गोतामी ले संघ का वरिष्ठ उपाध्यक्ष सुमन अधिकारी र तेक्वान्दो सहायक प्रशिक्षक शरण घलेलाई उक्त सामाग्री हस्तान्तरण गरीएको थियो ।

नुवाकोटबाट अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो खेल मार्फत नेपाल चिनाउन ओलम्पियन खेलाडी संगिना वैद्य र साफ खेलकुदमा सहभागी रमेश श्रेष्ठ जस्ता खेलाडी उत्पादन भएको नुवाकोट तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउँदा आफूलाई गर्व लागेको तेक्वान्दो पुर्व खेलाडी उत्तम भन्डारीले बताउनु भयो।

उक्त  सहयोग अगामी दिनमा पनि जुटाउने र यसले नयाँ प्रतिभावान खेलाडीको मनोबल उच्च रहने ओलम्पिय खेलाडी वैद्यले बताउनु भयो।करिब ६५ हजार बराबरको सामग्रीमा चेस कवर ,किकप्याड ,डमी लगाएतको सामग्री हस्तान्तरण गरीएको सहायक प्रशिक्षक शरण घलेले जानकारी दिनु भयो ।