डा. भट्टराइले भने: राजतन्त्र जस्तै निरङ्कुश ओलीतन्त्र छिट्टै जान्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डा. भट्टराइले भने: राजतन्त्र जस्तै निरङ्कुश ओलीतन्त्र छिट्टै जान्छ



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र जस्तै ओलीतन्त्रको पनि छिट्टै अन्त्य हुने बताएका छन्।

डा. भट्टराइले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार लेख्दै उनले कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको प्रक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’

सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए ।

पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।