फेवातालमा डुंगा पल्टियो: एक बेपत्ता, दुईको उद्धार - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

फेवातालमा डुंगा पल्टियो: एक बेपत्ता, दुईको उद्धार



पोखरा- फेवातालमा डुंगा पल्टिएको छ । डुंगा पल्टिँदा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको छ।

बेपत्ता हुनेमा काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ। खपौंदी भन्ने ठाउँतिर डुंगा पल्टिँदा उनी बेपत्ता भएका हुन् । आफैं डुंगा चलाएर गएका ३ जनामध्ये अरु दुईजनाको भने उद्दार भएको प्रहरीले जनाएको छ।

लुइँटेलसँगै डुंगामा गएका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको हो । उनीहरुलाई उद्धार गर्न गएका पोखरा १८ खपौदीका ५० वर्षीय बुद्धी जलारी बेहोस् भएपछि उनको प्रहरीले उद्धार गरेको छ ।

उद्धार भएका सबैको मेट्रोसिटी हस्पिटल पोखरा सिर्जनाचोकमा उपचार भइरहेको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्र रेग्मीले जनाएका छन् ।

फेवातालमा डुंगा चढ्दा लाइफ जाकेट लगाउनुपर्ने नियम छ । तर उनीहरुले लाइफ जाकेट नलगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरु डुंगाका चालकबिना नै आफै चलाएर ताल घुम्न गएका थिए। हराएका लुइँटेललाई प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।