ओली-प्रचण्ड भेट: बास्कोटा र वामदेव बारे यस्तो छलफल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ओली-प्रचण्ड भेट: बास्कोटा र वामदेव बारे यस्तो छलफल



काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

दुई अध्यक्षबिच समसामयिक विषयमा केन्द्रित भएर छलफल भइरहेको उनले बताए । छलफलको केन्द्रमा वामदेव गौतम र गोकुल बाँस्कोटा रहेको जनाइएको छ ।

वामदेवलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नका लागि संविधान संशोधनको प्रस्ताव गरिएको चर्चा भइरहेका बेला ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।

यस्तै घुस रकम बार्गेनिङ्ग गर्दै गर्दाको अडियो सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटा प्रकरणबारे पनि कुराकानी भइरहेको छ ।