डा.भट्टराईले भने: देशको प्रगति चाहने सबै समाजवादीमा जुटौँ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

डा.भट्टराईले भने: देशको प्रगति चाहने सबै समाजवादीमा जुटौँ



काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए तर उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरू आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा. भट्टराईको भनाइ थियो ।

पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिवार पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गरे ।

डा. भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए ।

सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले २ वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए ।