चलचित्र 'आमा' हेर्न आमासँगै जानेलाई निःशुल्क टिकट दिइने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

चलचित्र ‘आमा’ हेर्न आमासँगै जानेलाई निःशुल्क टिकट दिइने



काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘आमा’को टिमले अचम्मको स्किम ल्याएको छ ।

देशभर एकसाथ प्रदर्शनमा आउने तयारी गरेको चलचित्र आमा हेर्न आफ्नै आमा लिएर पुग्नेहरूलाई भने नि:शुल्क चलचित्र हेर्ने अवसर मिल्ने छ।

प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले यस्तो नयाँ घोषणा सार्वजनिक गरेको हो ।

घोषणा अनुसार यो स्किम भने काठमाडौंका केहि चलचित्र हलहरूमा मात्र लागु गरिएको छ ।

काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो ।

एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं’ निर्देशक दीपेन्द्र के खनाल भने ‘हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ ।’

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्म दीपेन्द्रको महत्वकांक्षी फिल्म पनि हो ।

पशुपति प्रसाद जस्तो सुपरहिट फिल्म निर्देशन गरेका दीपेन्द्रले ‘आमा’त्यो भन्दा पनि राम्रो भएको दाबी गर्दै आएका छन् ।