७० करोड काण्ड: प्रधानमन्त्रीले उहिलै थाहा पाएर पनि जोगाएका थिए बास्कोटालाई - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

७० करोड काण्ड: प्रधानमन्त्रीले उहिलै थाहा पाएर पनि जोगाएका थिए बास्कोटालाई



काठमाडौँ- ७० करोड घुस लिनेगरी गरिएको फोनवार्ता सार्वजनिक भएपछी सञ्चारमन्त्री गोकुल बास्कोटा र नेकपा सरकारको चर्को आलोचना भैरहेको छ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो हाम्राकुरा अनलाईनले सार्वजनिक गरेको हो ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् ।

प्रधानमन्त्रीले डेढ महिना पहिले नै सुनेका थिए अडियो

स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाएको खुलेको छ ।

प्रधानमन्त्री ओलीले अडियो सुनेर पनि केहि गरेनन बरू उल्टै विभिन्न कार्यक्रमा बास्कोटाको प्रशंसा गर्दै हिंडेका थिए ।

किदीन अगाडिको एक कार्यक्रममा पनि बास्कोटा बाहेको कोहि योग्य नभएको सार्वजनिक कार्यक्रममै फल्लाक्दै थिए । त्यतिमात्र होइन अडियो सुनेपछि ओलीले न त बास्कोटाको स्पष्टीकरण लिए न त उनलाई सामान्य सोधपुछ गरे ।

पूर्वमाओवादीका नेताहरूका गल्तीहरू सजिलै देख्ने, आफूलाई मन नपर्ने मान्छेका गल्ति देख्ने प्रधानमन्त्री ओलीले सामान्य गल्तीमा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङलाई तत्काल राजिनामा गर्न लगाएका थिए ।

बास्कोटाको अडियो काण्डले जनस्तरबाट दवाव आइरहेका बेला बास्कोटासँगै सति जान्छन वा कारबाही गर्छन यो हेर्न बाँकी छ ।