ओलीलाई बाबुरामको सुझाव: अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी देख्नुस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ओलीलाई बाबुरामको सुझाव: अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी देख्नुस



काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्ड बाहिरिएपछि सामाजिक सञ्जालमा उनको उछितो काडिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार र प्रधानमन्त्रीप्रति व्यंग गरेका छन्।

उनले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’

एउटा स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएको हो।