पूर्व माओवादी लडाकुको पिडा : अमेरिका पुग्ने लोभमा २७ लाख गुमाएपछि... - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पूर्व माओवादी लडाकुको पिडा : अमेरिका पुग्ने लोभमा २७ लाख गुमाएपछि…



काठमाडौं- मानव बेचविखन तथा अनुसन्धान ब्युरो बबरमहल पुग्दा ८/१० जना युवा हातमा कागजात लिएर बसिरहेका थिए।

पीडितहरु तस्करीमा संलग्नको हुलिया बताउँदै थिए। हातमा सरकारी कागजात, तस्करहरुलाई बुझाएको बैँक भौचर, मोबाइलमा तस्करको फोटोसहित उनीहरुले आफूलाई अमेरिका पुर्याउने लोभमा कसरी फसाइयो भनी एकआपसमा कुराकानी गरिरहेका थिए।

रोल्पा घर भएका पूर्व माओवादी लडाकु श्याम पुन (नाम परिवर्तन) अमेरिका जाने लोभमा चिनेजानेकै तस्करको फन्दामा परे।

वैदेशिक रोजगारीमा गई कमाएको सबै पैसा सकेका उनी इन्डोनेसियाबाट फर्केको ४ महिना भइसक्दा पनि घर जान नसकेका खबर आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेकी छन्।

उनले भने, ‘अमेरिका पुगेपछि महिनाकै लाखभन्दा बढी कमाउने कुरा थियो, उल्टो भएको पैसा पनि गुम्यो। मैले २७ लाख गुमाएँ।’

माओवादी लडाइँको बेलामा केही आक्रमणमा भाग लिएका उनी आफू यता पनि मरिने र उता पनि मरिँने अवस्थामा पुगेको बताउँछन्।

‘दलाले भनेको थियो, ‘विमानस्थलमा जे सोधे पनि घुम्न जान लागेको भन्नु। लोभले यति दुःख पाइयो कि के भन्नु?’