प्रधानमन्त्री ओलीलाई गगन थापाको आशिर्वाद: सरकार ५० वर्ष चलाउनुस - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओलीलाई गगन थापाको आशिर्वाद: सरकार ५० वर्ष चलाउनुस



नेपालगन्ज- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० वर्ष सरकार चलाउन आशिर्वाद दिएका छन्।

बुधबार बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले सत्ता चलाइरहेको आरोप समेत लगाएका छन्।

उनले लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश नबन्ने बताउँदै नागरिक बलियो भए मात्र सरकार र देश बलियो बन्ने बताएका छन् ।

कार्यक्रममा थापाले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको गम्भिर आरोप लगाए ।

नेता थापाले सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको टिप्पणी गरेका हुन् । थापाले भने,‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस,