महरालाई बाबुरामको कटाक्ष: मियाँ बीबी राजी तो क्या करेगा काजी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

महरालाई बाबुरामको कटाक्ष: मियाँ बीबी राजी तो क्या करेगा काजी



काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णबहादुर महरा छुटेपछि अचम्म लाग्दो ट्वीट गरेका छन् ।

डा भट्टराईले महराको मुद्दा कानुनी नभएर नैतिक भएको बताएका छन्। उनले उनीहरूको सम्बन्धलाई मियाँ र बीबीको संज्ञा दिँदै आफ्नो अनुमान सहि रहेको बताएका छन् ।

सोमबार साँझ ट्विट गर्दै डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महराप्रति कटाक्ष गरेका छन्। ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ!’

उनले अगाडि लेखेका छन्, ‘तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ! जे हुनु भैगयो! अब बृहद सामाजिक÷राष्ट्रिय मुद्दामा केन्द्रित होऔं!’

https://twitter.com/brb1954/status/1229400341197672449