महायज्ञ चलिरह्यो, युवतीमाथि सामुहिक बलात्कार भइरह्यो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

महायज्ञ चलिरह्यो, युवतीमाथि सामुहिक बलात्कार भइरह्यो



बुटवल- रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको रुपन्देही प्रहरीले बताएको छ।

सम्मरीमाई गाउँपालिका ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगेर तीन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

पिडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर उजुरी दिएपछि घटना बाहिर आएको हो।

किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। किशोरीको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतमा छन्। किशोरी अस्वस्थ हजुरबुवा, एक बहिनी र भाईसँगै बस्दै आएकी छन्।

बलात्कारमा संग्लन तीन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरिक्षक चित्र बहादुर घलेले दिए।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरु अन्दाजी २२–२३ बर्षका रहेका छन्।अनुसन्धानपछि मात्रै घटनाको बारेमा वास्तविक कुरा आउने प्रहरीले बताएको छ।