मुख्यमन्त्रीले भुले मर्यादा: कार्यकक्षमै मदिराको मस्ती - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मुख्यमन्त्रीले भुले मर्यादा: कार्यकक्षमै मदिराको मस्ती



काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्।

रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको छ।

उनको उक्त कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको छ। कतिपय आलोचकले उनलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेका छन्।