कांग्रेसलाई फूटाएर नयाँ पार्टी खोल्ने तयारी,नाम भने नेपाली कांग्रेस(वीपी) राखिने - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

कांग्रेसलाई फूटाएर नयाँ पार्टी खोल्ने तयारी,नाम भने नेपाली कांग्रेस(वीपी) राखिने



हिमाल पोस्ट /२४, माघ

नेपाली कांग्रेसका ३ दर्जन बढी पूर्वमन्त्री, उतिकै संख्यामा रहेका पूर्व सांसद तथा केही बहालवाला सांसद, कांग्रेस निकटका उद्योगी व्यापारी, पूर्व प्रशासकहरुको समेत अग्रसरतामा नेपाली कांग्रेसलाई फूटाएर नयाँ पार्टी खोल्ने तयारी भइरहेको छ ।कांग्रेसलाई फूटाएर बनाउन लागिएको पार्टीको नाम भने नेपाली कांग्रेस(वीपी) राखिने तय भएको छ । जस्ले वीपी कोइरालाको समाजवादी सिद्धान्तलाई अक्षरंश अगाडि बढाउने बताइएको छ ।

 कांग्रेसलाई फूटाएर बनाइने भनिएको नेपाली कांग्रेस (वीपी)को झण्डा कांग्रेसको झै चारतारे नै हुनेछ भने चुनाव चिन्ह रुखमा शान्तिका प्रतिक परेवा बसेको बनाउने नेताहरुको प्रयास छ । दल निर्वाचन आयोगमा दर्ता गर्न अन्तिम तयारी भइरहेको छ ।

नयाँ पार्टी गठनको निर्णयका लागि विगत तीन सातादेखि काठमाण्डौमा पटक–पटक नेताहरुको बैठक बसेको छ । स्थानीय निर्वाचनअघिसम्म सशक्त रुपमा नयाँ र जोशिलो कांग्रेस बनेर सार्वजनिक हुने उनीहरुले जनाएका छन ।

‘अहिलेको नेतृत्व वीपीको समाजवादी मार्गदर्शनप्रति उदासीन रह्यो । नेताहरुले सत्ताको दुरुपयोग गरी सात पुस्तालाई पुुग्ने पैसा कमाए, आफ्ना भाइभतिजाको मात्र हित हेरे, लाखौं बेरोजगार युवा तथा गरीबहरुको हितमा काम गरेनन, देशलाई डूूबाए ।’ त्यही कारण नयाँ पार्टी गठन गर्न लागेका हौं । स्रोतले बताएको छ  ।

नयाँ कांग्रेस पार्टी गठनको निर्णयसँगै नेताहरुले हालसम्म काठमाण्डौ लगायत १८ वटा जिल्लामा जिल्ला कार्यसमिति समेत तयार गरिसकेका छन् । आगामी दिनमा ७५ वटै जिल्लामा पार्टीलाई बिस्तार गरी एकैपटक सशक्त ढंगले सार्वजनिक हुने आफूूहरुको योजना रहेको उनीहरुले बताएका छन ।

जुम एनपी