शशांक कोइराला किन पुगे आदित्यनाथको शरणमा ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शशांक कोइराला किन पुगे आदित्यनाथको शरणमा ?



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका छन्।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कट्टर हिन्दूवादी नेता हुन्, उनले नेपाल पनि छिट्टै हिन्दुराष्ट्र बन्ने अभिव्यक्ति दिएका थिए ।

नेपालमा हिन्दु राज्यको वकालत गर्दै आएका महामन्त्री कोइरालाले कट्टर हिन्दुवादी भाजपा नेतासमेत रहेका आदित्यनाथसँग उनकै कार्यालय लखनउमा भेट गरेका हुन्।

उत्तर प्रदेशको राजधानी लखनउमा भएको भेटवार्तामा दुई नेताबीच द्वीयपक्षी हितबारेमा कुराकानी भएको बताइएको छ।

यद्यपि भेटवार्ताको विस्तृत विवरण प्राप्त भइसकेको छैन। हिन्दू राष्ट्रको पक्षमा बोल्दै आएपछि कोइराला नेपालमा विवादमा पर्ने गरेका छन्।

कोइरालाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउनुपर्ने मत राख्दै आएका छन्। दुई नेताबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ।

भारतले हालै नागरिकसम्बन्धी र एक अर्को कानुन जारी गरेपछि त्यहाँ अघोषित रुपमा हिन्दु राष्ट्र भएको बताइन्छ।