माधव नेपाल, बाबुराम र सबै मन्त्रीलाई कारबाही माग गर्दै सर्वोच्चमा रिट - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

माधव नेपाल, बाबुराम र सबै मन्त्रीलाई कारबाही माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । बालुवाटार जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्धा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै रिट दायर गरेका हुन।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए।

सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।