सानेपा प्रकरण: विजयको अन्डरवेयरमा वीर्य, मुनाको स्तनमा दाँतको खत - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सानेपा प्रकरण: विजयको अन्डरवेयरमा वीर्य, मुनाको स्तनमा दाँतको खत



काठमाडौं- कामदारमा महिला अंग्रतिको आशक्ति- प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याको कारण।

सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा रगताम्य भएर भान्सामा ढलेकी थिइन्, कामदार विजय चौधरी अर्कातिर लमतन्न थिए।

सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउकामा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए। विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ।

त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ।

निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन्। तर प्लास्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन।

फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुव्र्यवहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।

नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकामा चोटो लागेपछि भएको छ।

मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ। विजयको अन्डरवेयरभित्र विर्य स्खलित छ भने रगतको डाम पनि छ। मुना महिनावारी भएको देखिन्छ।

मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ। विजयको भने हातमा चोट र अन्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ।

मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए भनेर आज माघ २९ गते जनआस्था साप्ताहिकले लेखेको छ।

प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो।

त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ। त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे।