मोदीले दिल्ली गुमाउँदा, भारतीय टीमले ३० वर्ष देखिको साख गुमायो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मोदीले दिल्ली गुमाउँदा, भारतीय टीमले ३० वर्ष देखिको साख गुमायो



एजेन्सी- भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा न्युजिल्यान्डले ‘क्लिन स्विप’ गरेको छ। तेस्रो एकदिवसीयमा मंगलबार घरेलु टोली न्युजिल्यान्डले भारतलाई पाँच विकेटले हरायो।

उक्त जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलालाई ३—० ले नै आफ्नो पक्षमा पारेको हो। न्युजिल्यान्डले द्विपक्षीय एकदिवसीय शृंखलामा ३० वर्षभन्दा लामो समयपछि पहिलो पटक भारतलाई ‘ह्वाइट वास’ गरेको हो।

टस हारी ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ४७.१ ओभरमै केवल पाँच विकेट गुमाएर तीन सय रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो।

न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान हेनरी निकोल्सले ८० रनको योगदान गरे।अर्का ओपनर मार्टिन गप्टिलले पनि ६६ रन बनाए। निकोल्स र गप्टिलले ओपनिङ विकेटका लागि एक सय ६ रनको साझेदारी गरे। कोलिन डी ग्रान्डहोमले पनि अविजित ५८ रन बनाए।

विकेटकिपर ब्याट्सम्यान टम लाथमले टोलीको खातामा अविजित ३२ रन थपे। कप्तान केन विलियम्सनले २२ र जेम्स निसामले १९ रन बटुले।

भारतीय बलर युजभेन्द्र चाहलले तीन तथा शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक÷एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि केएल राहुलले एक सय १२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन।

एकदिवसीय क्रिकेटमा राहुलले चौथो शतक बनाएका हुन्। भारतका लागि श्रेयष ऐयरले पनि ६२ रनको योगदान गरेका थिए।

यसदेखि बाहेक भारतका लागि ओपनर पृथ्वी शाहले ४० र मनिष पाण्डेले ४२ रन बनाएका थिए। न्युजिल्यान्डका बलर हामिस बेनेटले चार विकेट लिए।

न्युजिल्यान्डका हेनरी निकोल्स म्यान अफ दी म्याच र न्युजिल्यान्डकै रोस टेलर म्यान अफ दी सिरिज घोषित भए।