उदितनारायणले भने: आदित्य-नेहाको विवाह हुँदैन - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

उदितनारायणले भने: आदित्य-नेहाको विवाह हुँदैन



काठमाडौं- निकै चर्चामा रहेको भारतका सेलिब्रेटीको बिहे नहुने खुलासा भएको छ ।

टिभी होस्ट आदित्य नारायण झा र चर्चित बलिउड गायिका नेहा कक्करबीच फेब्रुअरी १४ मा विवाह हुने चर्चा एक महिना अघिदेखि भइरहेको छ।

यसबारे नेहाका दाजु टोनी कक्करले पनि एउटा भिडियोमार्फत् सार्वजनिक गरेका थिए। जसमा आदित्य स्वयंले टोनीलाई साला साहेब भनेर सम्बोधन गरेका थिए।

तर आदित्य नारायणका बुबा उदित नारायण झाले विवाहबारे आफूलाई केही थाहा नभएको बताएका छन्।

उनले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा विवाहबारे आदित्यले आफूलाई केही नभनेको बताएका हुन्।

उनले यो केवल टिआरपीको लागि फैलाइएको हल्ला भएकोसमेत टिप्पणी गरे। सोनीबाट प्रसारण हुने इन्डियन आइडल ११ मा आदित्य होस्ट छन् भने नेहा जजको भूमिका निर्वाह गर्दैछन्।

उक्त सोमा केही हप्तादेखि यी दुईबीचको प्रेम सम्बन्धलाई खुलारुपमा देखाइँदैछ। पछिल्लो एपिसोडमा नेहा र आदित्यले रोमान्टिक नृत्यसमेत गरेका थिए।

यी दुईबीच साँच्चिकै विवाह हुन्छ वा हुँदैन? यसको लागि फेब्रुअरी १४ कुर्नैपर्ने हुन्छ।