कांग्रेसको व्यंग्य: चीनमा फसेका नेपालीको उद्दार सरकारले रेल आएपछि पक्का गर्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेसको व्यंग्य: चीनमा फसेका नेपालीको उद्दार सरकारले रेल आएपछि पक्का गर्छ



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनमा रहेका नेपालीको उद्दारमा भएको ढिलाई भएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्दार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माले सरकारको ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘चीनमा रहेका नेपालीको उद्दारमा भएको ढिलाइको जवाफ दिने मुटु र उद्दार गर्ने हात छन् कि छैनन् ?

शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्दार गर्ने हात छन्, छैनन् सरकारसँग ?’