घोडाघोडीमा पाइने सुचक प्रजातिहरुको अनुगमनका लागि तालिम सुरु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घोडाघोडीमा पाइने सुचक प्रजातिहरुको अनुगमनका लागि तालिम सुरु



सुखड,कैलाली । विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रका सुचक प्रजातिहरुको अनुगमन तालिम सुरु भएको छ । हिमालयन नेचरको आयोजना तथा पर्यटन विकास बोर्डको सहकार्यमा २ दिने तालिम सुखडमा आइतबारदेखि सुरु भएको हो ।

घोडाघोडी ताल क्षेत्रमा पाईने जीवजन्तुहरुको संख्या अध्यावधिक गर्न तथा घोडाघोडी ताल क्षेत्रको गुरुयोजना निर्माणमा सुचक प्रजातिहरुको संख्या पनि समावेश गरिनुपर्ने हुँदा सुचक प्रजातिहरुको गणनाका लागि तालिम दिन लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष ममता प्रसाद चौधरीले घोडाघोडी ताल क्षेत्रमा पर्यटकिय सम्भावना ठुलो रहेकोले यहाँका सम्भावनाहरुको पहिचान गरि पर्यटन प्रवर्द्धन तथा स्थानीयलाई जिविकोपार्जनमा टेवा पुग्ने गरि गुरुयोजनामा समावेश गरिने नगर प्रमुख चौधरीले बताए ।

तालिमको सहजीकरण हिमालयन नेचरलका प्रोजेक्ट अफिसर प्रविन श्रेष्ठ तथा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले गरेका थिए ।
घोडाघोडी ताल क्षेत्र मगर गोही , जंगली धान र हरिहास
सुचक प्रजातिहरुका रूपमा प्रचलित छन् भने विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली, दुर्लभ मानिने चराचुरुङ्गी तथा अन्य बन्यजन्तुहरुको उचित वासस्थानका रुपमा पनि लिइने गरिन्छ ।