प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एकाएक समस्या - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एकाएक समस्या



काठमाडौं- स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सम्बोधन गर्न गर्न सकेनन।

उनले आइतबार एक कार्यक्रममा सात मिनेट मात्रै बोलेर रोकिए । कार्यक्रममा सम्बोधन नै छोट्याएपछी सबैको चासो बढेको थियो ।

राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा प्रधानमन्त्री ओली करिब सात मिनेट बोलेर बाहिरिएका हुन् । बोल्ने क्रममा उनले अहिलेको काम गराई र ढिलासुस्तीले विकास र सम्मृद्धिको लक्ष्य पुरा नहुने भन्दै जनताका आकांक्षा समेत सम्बोधन नहुने बताएका थिए ।

उनले काममा ढिलासुस्ती गर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन समेत दिए । तर प्रधानमन्त्रीलाई स्वास्थ्यले साथ नदिएपछि आफ्नो भनाई छोट्याएका थिए ।

‘आज मैले स्वास्थ्यका कारण धेरै बोल्न सकिन । पुरा समय पनि बस्न सकिनँ । साथीहरुले राखेको प्रश्नको जवाफ उपप्रधानमन्त्री ईश्वर पोखरेलजीले दिनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओली नियमित मृर्गौलाको डायलाइसिस गर्दै आएका छन् । ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको छ भने आइतबारकै पुर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएनन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उनी सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।