बंगलादेशका सेना प्रमुख किन आए नेपालमा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बंगलादेशका सेना प्रमुख किन आए नेपालमा



काठमाडौं- बंगलादेशका सेना प्रमुख अजिज अहमद पाँचदिने औपचारिक भ्रमणका काठमाडौं आइपुगेका छन्।

अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

उनी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै पोखरासहित अन्य पर्यटकीय स्थान अवलोकनमा जानेछन्।

सैनिक नेतृत्वको भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ।